मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

इन्धन मूल्य घटेसँगै आन्तरिक हवाई भाडा सस्तो


पौष १८ /  हवाई इन्धनको मूल्य घटेपछि नेपालमा आन्तरिक हवाई भाडा घटाइएको छ। बुधबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि नागरिक उड्डयन प्राधिकरण ले अधिकांश प्रमुख आन्तरिक उडान मार्गमा हवाई भाडा पुनरावलोकन गरेको हो।

संशोधित भाडादरअनुसार पर्वतीय उडान (माउन्टेन फ्लाइट) तथा काठमाडौँ-पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढी जोड्ने उडानहरूको भाडा घटाइएको छ। यस्तै, पोखराबाट सञ्चालन हुने उडान तथा अन्य क्षेत्रीय मार्गहरूमा पनि भाडा कटौती गरिएको प्राधिकरणले जनाएको छ।

इन्धन मूल्य घटेसँगै हवाई कम्पनीहरूको लागत कम भएको भन्दै त्यसको प्रत्यक्ष लाभ यात्रुलाई दिने उद्देश्यले भाडा समायोजन गरिएको बताइएको छ। भाडा घटेसँगै आन्तरिक हवाई यात्रुहरूको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...