मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

कलैयामा १८ वर्षीय युवकमाथि चक्कु प्रहार, अवस्था गम्भीर घईते

कलैया, पौष १९ /  बाराको कलैया उपमहानगरपालिका–४ मा एक युवकमाथि अज्ञात समूहले चक्कु प्रहार गर्दा उनी गम्भीर घाइते भएका छन्। पूर्व वडा अध्यक्ष जटाशंकर सहनीका छोरा अन्दाजी १८ वर्षीय रबिन कुमार सहनीमाथि चक्कु प्रहार भएको हो।

जिल्ला प्रहरी कार्यालय बारा का निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार कलैया गाउँघर अगाडि आक्रमण भएको हो। आक्रमणकारीहरूले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका छन्।

घाइते सहनीको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल कलैयामा गरिएको छ भने थप उपचारका लागि वीरगञ्ज लगिएको छ। प्रहरीले घटनामा संलग्नको खोजी तथा अनुसन्धान सुरु गरेको जनाएको छ।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...