मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

६ बुँदे सहमतिपछि ११औँ दिनमा डा. निकोलस भुसालले तोडे अनसन

पौष १८ /  अन्तरिम सरकार र डा. निकोलस भुसालबीच ६ बुँदे सम्झौता भएपछि ११औँ दिनमा उनको आमरण अनसन तोडिएको छ। जेन-जी आन्दोलनका माग पूरा गर्नुपर्ने, आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन रोक्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने तथा भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने मागसहित डा. भुसाल र विष्ट माइतीघर मण्डलामा अनसनरत थिए।

आज प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा अनसनरत डा. भुसालसँग भेट गरी आफ्नै हातबाट जुस खुवाएपछि भुसालले अनसन तोडेका हुन्। सरकारसँग भएको सहमतिपछि डा. भुसालले आफ्ना मागहरूप्रति सकारात्मक प्रतिबद्धता व्यक्त भएको भन्दै अनसन अन्त्य गरेको जनाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सहमतिपत्रमा डा. भुसाल, विष्ट तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन्। सहमतिसँगै जेन–जी आन्दोलनका मागमाथि सरकार-आन्दोलनकारीबीच संवादको नयाँ चरण सुरु भएको बताइएको छ।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...