हिन्दु पत्रकार संघ नेपालको पहिलो जिल्ला शाखा सर्लाहीमा गठन
पौष २१ / हिन्दु पत्रकारहरूको छुट्टै संगठनका रूपमा वीरगञ्जबाट स्थापना भएको हिन्दु पत्रकार संघ नेपाल को पहिलो जिल्ला शाखा सर्लाहीमा गठन गरिएको छ। सोमबार सदरमुकाम मलंगवामा आयोजित घोषणा सभामार्फत १४ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो।
मनोज यादवको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा प्रेमनाथ पौडेल र जितेन्द्र कुशवाहा, सचिवमा सन्तोष कर्ण, सह-सचिवमा संजय गुप्ता तथा कोषाध्यक्षमा सन्तोष कुमार यादव चयन भएका छन्। कार्यक्रम मलंगवा-८ स्थित कुसुम पार्टी प्यालेसमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाही का प्रमुख कौशल किशोर सिंहले संघको गठनले पत्रकारिताको विविधता मजबुत बनाउने विश्वास व्यक्त गरे।यसैगरी हिन्दु सम्राट सेना नेपाल का केन्द्रीय उपाध्यक्ष कृष्णा यादव र संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले हिन्दु धर्म, संस्कृति र सनातन मूल्य मान्यताको संरक्षणमा संघले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।


Comments
Post a Comment