मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

२०८३ वैशाख मसान्तसम्म मधेश प्रदेशलाई साक्षर घोषणा गर्ने सरकारको लक्ष्य

पौष २० /  सरकारले आगामी २०८३ वैशाख मसान्तसम्म मधेश प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने लक्ष्य लिएको छ। यसका लागि प्रदेशव्यापी साक्षरता अभियानलाई योजनाबद्ध र समन्वयात्मक ढंगले अघि बढाउने निर्णय गरिएको छ।

अभियानको संयोजन तथा सहजीकरणको जिम्मेवारी मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रीले गर्नेछन् भने स्थानीय तहहरूले अभियानको प्रत्यक्ष नेतृत्व गर्ने व्यवस्था गरिएको छ। साक्षरता अभियानलाई वैज्ञानिक र प्रभावकारी बनाउने उद्देश्यले उच्चस्तरीय विज्ञ कार्यदलमार्फत औपचारिक रूपमा अभियान प्रारम्भ गरिने योजना रहेको छ।

 यसैगरी, संघीय मन्त्रालय र विभागीय संयन्त्रले गैरसरकारी संस्थाहरूसँग केन्द्रीय समन्वय गर्ने तथा प्रदेश मन्त्रालयलाई नीतिगत सहजीकरण गर्ने जिम्मेवारी पाएका छन्। बहुपक्षीय सहकार्य, स्थानीय सहभागिता र प्रभावकारी अनुगमनमार्फत प्रदेशलाई साक्षरताको दिशामा अगाडि बढाउने सरकारको विश्वास छ।

सरकारले यो अभियानले शिक्षाको पहुँच विस्तार, सामाजिक चेतनाको वृद्धि र समग्र मानव विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...