मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

हिन्दू पत्रकार संघ नेपालको बैठक वीरगञ्जमा, प्रदेश-जिल्ला विस्तार गर्ने निर्णय

बिरगंज , पौष १८ ।  हिन्दू पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक शुक्रबार वीरगञ्जको माइस्थानस्थित अतिथि सदनमा सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले संगठनलाई प्रदेश र जिल्लास्तरसम्म विस्तार गर्ने रणनीतिक निर्णय गरेको छ।

बैठकमा केन्द्रका नवनियुक्त कोषाध्यक्ष आनन्द पटेललाई विधिवत् रूपमा खादा ओढाई पदभार ग्रहण गराइएको छ। बैठकले मधेश प्रदेश संयोजक तोक्ने तथा मधेशका आठवटै जिल्लामा तत्काल संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ।


केन्द्रका सचिव राजकुमार सर्राफका अनुसार पत्रकारहरूको हक–हित रक्षा, पेशागत मर्यादा कायम राख्ने तथा धार्मिक-सांस्कृतिक मूल्य-मान्यताको संरक्षणमा संगठन प्रतिबद्ध रहने निर्णय बैठकले दोहोर्‍याएको छ।

बैठकमा केन्द्रका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...