मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

हुस्सु र कम भिजिबिलिटीका कारण सिमरा-काठमाडौं उडान ठप्प, यात्रु अलपत्र

 

सिमरा, पौष २० /  बाराको सिमरा विमानस्थलबाट काठमाडौंका लागि दैनिक उडान गर्दै आएको बुद्ध एयरको उडान हुस्सु र कम भिजिबिलिटीका कारण प्रभावित भएको छ। आज आइतबार र हिजो शनिबार दुवै दिन उडान हुन नसकेको सिमरा एयरपोर्ट स्थित बुद्ध एयर सिमरा शाखाका इन्चार्ज सुरेश रेग्मीले जानकारी दिएका छन्।

उनका अनुसार, “हिजो र आज दुवै दिन कम भिजिबिलिटीका कारण एउटा पनि उडान हुन सकेन।” पछिल्ला केही दिनदेखि मौसममा देखिएको खराबी विशेषगरी बाक्लो हुस्सु र न्यून दृश्यताका कारण नियमित उडान निरन्तर अवरुद्ध भइरहेको छ।

मौसमजन्य (जलवायु) अवस्थाको प्रत्यक्ष असर हवाई यातायातमा परेसँगै यात्रुहरूलाई समयमै गन्तव्य पुग्न नसक्ने, यात्रा तालिका अस्तव्यस्त हुने, अतिरिक्त खर्च र मानसिक तनाव झेल्नुपर्ने अवस्था सिर्जना भएको छ। धेरै यात्रु विमानस्थलमै कुर्न बाध्य हुँदा वैकल्पिक व्यवस्थाको अभावले असुविधा झन् बढेको छ।

सम्बन्धित निकायहरूले मौसम अनुकूलन, पूर्वसूचना प्रणाली सुदृढीकरण तथा यात्रु सहजीकरणका उपायहरूमा ध्यान दिनुपर्ने माग यात्रुहरूबाट उठ्न थालेको छ।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...