मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

८ कठ्ठा खेतमा लगाइएको अवैध गाँजा खेती फँडानी

 

बाराको निजगढमा प्रहरीले अवैध रूपमा लगाइएको गाँजा खेती फँडानी गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले मिति २०८२ पुस १६ गते बिहान करिब ०९:४५ बजे कारबाही गरेको हो।

प्रहरी नायब निरीक्षक आस महमद अंसारीको कमाण्डमा खटिएको टोलीले जिल्ला बारा, निजगढ नगरपालिका–१२ स्थित कुलिया टोल क्षेत्रमा अवैध रूपमा लगाइएको गाँजा खेती ८ कठ्ठा क्षेत्रफलमा फैलिएको अवस्थामा फेला पारी करिब ११–१२ सय गाँजाका बोटहरू फँडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ।

थप अनुसन्धान तथा निगरानी कार्य जारी रहेको जनाइएको छ।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...