मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

बेलवाको विकास निर्माणबारे उपप्रमुख आलमको अनुगमन

वीरगंज, १२ पुस । वीरगंज महानगरपालिका वडा नं. ३१ बेलवामा भइरहेको विकास निर्माण कार्यको महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले अनुगमन गरेका छन् ।

महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले आफ्नो कोषबाट बेलवामा सडक ढलान तथा रामजानकी मन्दिरको पर्खाल निर्माण कार्य गराइरहेका छन् ।

रामजानकी मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा उपप्रमुख आलमले सधैं जनताको साथमा, आपसी सद्भाव, भाईचारा र सहकार्यबाट समाज अघि बढ्ने बताए । उनले जनतालाई आवश्यक सहयोग गर्न आफू सधैं तयार रहेको बताए ।

पूर्व गाउँपालिका अध्यक्ष जोखन दासको अध्यक्ष्Fतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव हरि यादव, वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, हैदर अंसारी, शेख अमरूल हसनलगायतको सहभागिता थियो ।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...