मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

अत्यधिक चिसोका कारण वीरगन्जमा जाडो बिदा थप

 


बिरगंज , पौष १५ / तराई-मधेसमा बढ्दो अत्यधिक चिसोका कारण वीरगन्ज महानगरपालिका ले महानगरभित्रका निजी तथा सार्वजनिक विद्यालयहरूमा जाडो बिदा थप गरेको छ।

तेस्रो पटक सूचना जारी गर्दै महानगरले शीतलहरलाई मध्यनजर गर्दै विद्यालय, मन्टेश्वरी र कोचिङ सेन्टरहरूमा बुधबार, बिहीबार र शुक्रबार (पौष १६, १७ र १८ गते) सम्म बिदा दिने निर्णय गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए।

यसअघि महानगरले विभिन्न चरणमा पौष ७ देखि १५ गतेसम्म पनि जाडो तथा सार्वजनिक बिदा दिएको थियो।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...