मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

वीरगंजमा तेस्रो वर्ष दीप प्रज्वलन, सवा लाख दीपले गहवामाई मन्दिर झिलिमिली

 

बिरगंज, पौष १६ /  हिन्दू परिषद् नेपालको आयोजनामा वीरगंजस्थित गहवामाई माईस्थान मन्दिर प्राङ्गणमा लगातार तेस्रो वर्ष दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। अयोध्यास्थित श्रीराम जन्मभूमि मन्दिरमा भगवान् श्रीरामललाको प्राणप्रतिष्ठाको तेस्रो वार्षिकोत्सव तथा प्रतिष्ठा द्वादशीको अवसरमा बुधबार दीप प्रज्वलन र हनुमान आराधना आयोजना गरिएको हो।

केन्द्रीय अध्यक्ष संजय सर्राफका अनुसार सनातन धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। पर्सा जिल्लासहित छिमेकी भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहेको कार्यक्रममा सवा लाख दीप प्रज्वलन गरिँदा मन्दिर परिसर भक्तिमय वातावरणले ओतप्रोत बनेको थियो।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि तथा पूर्व प्रतिनिधिसभा सदस्य विणा जयसवाल कुर्मीले पहिलो दीप प्रज्वलन गरेर गरेकी थिइन्। उनले सनातन धर्म, भगवान् श्रीरामका आदर्श तथा धार्मिक-सांस्कृतिक सद्भावको सन्देशबारे धारणा राखेकी थिइन्।



Comments

3 ads

labelpost17

लोड हुँदैछ...