मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन: उम्मेदवारको खर्च सीमा तोकियो

AI Image

 आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ले उम्मेदवारको निर्वाचन खर्च सीमा निर्धारण गरेको छ। आयोगले जिल्ला सहज र दुर्गम वर्गीकरणका आधारमा फरक–फरक खर्च सीमा तोकेको हो।

आयोगका अनुसार काठमाडौंका पाँच निर्वाचन क्षेत्र काठमाडौं-१, ३, ६, ७ र ८ मा उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। त्यसैगरी १७ निर्वाचन क्षेत्रमा २७ लाख रुपैयाँ, ६५ निर्वाचन क्षेत्रमा २९ लाख रुपैयाँ, ५२ निर्वाचन क्षेत्रमा ३१ लाख रुपैयाँ र २६ निर्वाचन क्षेत्रमा ३३ लाख रुपैयाँसम्म खर्च सीमा कायम गरिएको छ।

निर्वाचन खर्चलाई पारदर्शी बनाउन उम्मेदवारले अनिवार्य रूपमा छुट्टै बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। सबै निर्वाचनसम्बन्धी खर्च सोही खातामार्फत गर्नुपर्नेछ। साथै उम्मेदवारले खर्च व्यवस्थापनका लागि जिम्मेवार अधिकारी नियुक्त गरी सम्बन्धित निर्वाचन कार्यालयमा विवरण बुझाउनुपर्नेछ।

निर्वाचन आयोगले तोकिएको खर्च सीमा ननाघ्न उम्मेदवारलाई कडाइका साथ निर्देशन दिएको छ। प्रतिनिधिसभा सदस्य ऐनअनुसार, निर्वाचन परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र उम्मेदवारले आफ्नो विस्तृत निर्वाचन खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...