मिति: Games युनिकोड
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN
अपडेट
Loading latest news...

गरिबीबाट छात्रवृत्तिसम्म: सत्य नारायण साफीलाई तीन लाख सहयोग

 

पौष १६ / सिरहा जिल्लाको वरियारपट्टी निवासी सत्य नारायण साफीले गरिब परिवारमा जन्मिएर दैनिक मजदुरी गर्दै कठिन परिश्रम, अठोट र अनुशासनका साथ अध्ययन गरी MBBS अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्।

उनको यस उल्लेखनीय सफलताको कदरस्वरूप नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले आगामी अध्ययन खर्चका लागि तीन लाख रुपैयाँ तथा लगाउने कपडाहरू हस्तान्तरण गरेका छन्।


कार्यक्रममा साफीको संघर्ष, मेहनत र सफलताले समाजका अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

Comments

3 ads

labelpost17

लोड हुँदैछ...